ट्राफिक सप्ताहको दोस्रो दिनः निःशुल्क स्वास्थ्य परीक्षण

नेपालगन्ज बसपार्कमा चालक र सहचालकहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत आज दोस्रो दिन उक्त सिविर आयोजना गरिएको हो ।

बिहानदेखि सुरु भएको सिविरमा चालक र सवारी चालकको कान, आँखालगायतको निःशुल्क स्वास्थ्य परीक्षण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिए । उनले यस सिविरमा निःशुल्क औषधिसमेत वितरण हुने बताए । हिजोदेखि सुरु भएको ट्राफिक सप्ताहमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिने उनको भनाइ छ ।

Exit mobile version