भूकम्पपीडितलाई अस्थायी आवासको दोस्रो किस्ता निकासा

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ ।

दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको हा । यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ । अस्थायी आवास निर्माण गर्न अहिलेसम्म कुल ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ८२ हजार ९३७ पुगेको छ ।

प्राधिकरणका अनुसार हालसम्म ४८ हजार ५६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको संख्या ७ हजार ८३३ रहेको छ ।

Exit mobile version