आफ्नै पसलमा बसिरहँदा ट्रक पल्टिएर जुम्ल्याहा दाजुबहिनीको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा दुईजनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेट नम्बर आर.जे.२९जी.बी. १५६१  को मालबाहक ट्रक पसलमा पल्टिँदा तीन/ चारजना च्यापिएको शंका गरिएको थियो ।
त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरू बुवासँगै पसलमा बसिरहेका थिए । 
उनीहरूका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडामुनिको भाग थिचिएकाले त्यही अक्सिजन दिएर राखिरहेको छ। उनको उद्धार गर्ने कार्य भइरहेको छ ।
 ‘उनीहरू तीन जना आफ्नो पसलमा बसिरहेको अवस्थामा मार्बल बोकेर आएको मालबाहक ट्रक पल्टिएर थिचेको हो,’ एसपी कार्कीले भने।

Exit mobile version