मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको देवचुली नगरपालिका १४ छत्तीस घरे टोलको भित्री सडकमा बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माका अनुसार दुर्घटनामा परेर घाइते भएका कावासोती नगरपालिका ११ कुडौलीका २५ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको देबचुली अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज लगिएको थियो । चौधरीको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Exit mobile version