नगर प्रहरी मृत फेला

जिल्लाको महाकाली नगरपालिका–४ खलंगामा नगर प्रहरी मृत फेला परेकी छिन् । महाकाली नगरपालिकाकी नगर प्रहरीमा कार्यरत वडा नम्बर ८ की २२ वर्षीया रविना पल्याल कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीका अनुसार महाकाली–४ नमुना बजार टोलको घरमा डेरा गरी बस्ने पल्याल आइतबार दिउँसो २ बजेतिर आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

आइतबार बिहान १० बजे घरबाट आएकी नगर प्रहरी पल्यालको २ बजेदेखि डिउटी रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version