- बाँकेमा आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार पाँच सय ६६ जना बालबालिकालाई फाल्गुन ३० गतेसम्म उक्त खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनक गिरीले बताएका छन् ।
- बाँकेमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतीमा आकर्षण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य केन्द्रका अनुसार ६ महिनामा १९ हजारभन्दा बढीले आयुर्वेदिक पद्धतीबाट उपचार लिइसकेका छन् ।
- बाँकेस्थित बैजनाथ गाउँपालिका-३ नैवस्तामा सञ्चालित क्षेत्रीय कारागारको गृह सचिवलगायत सुरक्षा निकायका प्रमुखहरुले निरीक्षण गरेका छन् ।
- गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयका छात्राहरूलाई कोहलपुर नगरपालिकाले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।
- ट्राफिक सप्ताहअन्तर्गत आज हवलदारपुर र शमशेरगन्जमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
- नेपालगन्जबाट कालीकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ ।
- र, नारायणघाटबाट बर्दिया आउँदै गरेको बस नवलपुरको गैंडाकोट नगरपालिका-२ भृकुटी चोकअन्तर्गतको पूर्व-पश्चिम राजमार्गमा एम्बुलेन्ससँग ठोक्किँदा तीनजना घाइते भएका छन् ।