सुर्खेत गोली काण्डः अनुभवी थिएनन् सुटर, सिकारु थिए

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति भएको गोली प्रहार गर्ने व्यक्ति भारतीय नागरिक रोहित राजपुत हुन् । उक्त घटनामा उनलाई सुटरका रुपमा प्रयोग गरिएको छ । तर, उनी सुटर नभइ सिकारु रहेको अनुसन्धानबाट खुलेको छ ।

वीरेन्द्रनगरका विनोद गिरीलाई सुट गर्न पेस्तोल र गोली पाएका सुटर रोहित यस घटनामा सुटरको रुपमा प्रयोग भए पनि उनी सिकारु भएको सुर्खेत प्रहरी स्रोतले जनाएको छ । ‘उनी पूणर्रुपमा व्यावसायिक सुटर होइनन्,’ सुर्खेत प्रहरी स्रोतले भन्यो, ‘उनी सिकारु हुन् ।’ यस घटनामा उनले पुर्‍याएका असावधानीले पनि उनी अनुभवी र व्यावसायिक सुटर हुन भन्ने शंका उत्पन्न हुन्छ ।

उनले वीरेन्द्रनगरको भौगोलिक अवस्थाको पूणर्रुपमा जानकारी नलिएको जस्तो देखिन्छ । किनकी गोली प्रहार गर्नुभन्दा पहिला उनी चढेको मोटरसाइकल र विनोद चढेको गाडी ठोकिएका छन् । गोली प्रहारपछि उनीहरु घटनास्थलबाट भाग्न अल्मलिएका प्रहरी स्रोतले जनाएको छ । ‘अनुभवी सुटर भएको भए यस्तो अवस्था नै सिर्जना हुने थिएन,’ प्रहरी स्रोतले भन्यो, ‘व्यावसायिक सुटरले यस्तो अवस्थामा सुट नै गर्दैन ।’ अर्को उनीहरुले आसपासको सुरक्षा अवस्थासमेत जानकारी लिएका छैनन् । उनीहरुले सुट गर्न स्थान आसपास प्रहरी गस्तीमा थियो । प्रहरी नजिकै हुँदा थप घटना हुन नपाएको सुर्खेत प्रहरीले जनाएको छ ।

Exit mobile version