लुम्बिनी : २ हजार क्षमता, चार हजार कैदीबन्दी

१२ वटा जिल्ला रहेको लुम्बिनीका ११ वटा जिल्लामा कारागार रहेका छन् । ती सबै कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिने गरेका छन् ।

लुम्बिनीमा रहेका कारागारहरूको क्षमता २ हजार २ सय ३२ जनाको हो । तर, सन् २०२३ को अन्त्यमा ४ हजार ४ सय ४० जना कैन्दीबन्दी लुम्बिनीका १२ वटा कारागारमा रहेका रहेका थिए ।

कारागारमा क्षमता भन्दा बढी कदीबन्दी हुँदा व्यवस्थापन निकै सकस हुने गरेको छ । जसका कारण बेलाबेला कारागारमा विवाद उत्पादन हुने गरेको पाइन्छ ।

लुम्बिनीका कारगारमा रहेका कैदीबन्दी मध्ये महिलाको संख्या महिला २ सय २३ र आश्रित बालबालिका को संख्या १० को रहेको छ ।

बाँके कारागारमा क्षमताको तेब्बर बढी कैदीबन्दी राख्ने गरिएको छ । सन् २०२३ को अन्त्यसम्म कारागार कार्यालय बाँकेमा ९ सय ४० कैदीबन्दी राखिएको थिए । कारागारको क्षमता भने ३ सय ५० मात्रै हो । ५ सय ३४ कैदी र ४ सय ५ थुनुवा सन् २०२३ को अन्त्यमा बाँके कारागारमा रहेको तथ्यांक इन्सेकले मानव अधिकार बर्ष पुस्तकमा अभिलेखिकरण गरेको छ । ‘क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा शौचालय प्रयोगमा लामो समय कुर्नुपर्ने’ अवस्था मानवअधिकार बर्ष पुस्तकमा उल्लेख गरिएको
छ ।

५० क्षमताको रोल्पा कारागारमा १ सय २१, प्युठान कागाराको क्षमता २७ रहेकोमा ९० जना, २५ क्षमताको गुल्मी कारागारमा १ सय १० जना, २५ क्षमताको अर्घाखाँची कारागारमा ७६ जना, ४ सय ५० क्षमताको पाल्पा कारागारमा २ सय ६४ जना, १ सय २५ क्षमताको नवलपरासी पश्चिम कारागारमा ४ सय ४६ जना, १ सय ५० क्षमताको रूपन्देही कारागारमा ४ सय ५१ जना कैदीबन्दी राखिएका छन् ।
त्यस्तै, ३ सय ५२ जना क्षमताको कपिलवस्तु कारागारमा ५ सय २५ जना, दाङ्गको घोराहीमा रहेको १ सय क्षमताको कारागारमा ३ सय ९७ जना, तुलसीपुरको ४ सय क्षमताको कारागारमा ५ सय ७६ जना, ३ सय ५० क्षमताको बाँके कारागारमा ९ सय ४० जना र १ सय ८० क्षमताको बर्दिया कारागारमा ४ सय ४१ जना कैदीबन्दी राखिएको पछिल्लो तथ्यांक छ ।

कारागारमा दैनिकजसो कैदीबन्दी थपघट हुने गरेका छन् । तर, अनुपातमा कम हुने भन्दा बढ्दै जाँदा तथा कारागारको क्षमता नबढाउँदा कारगारमा कोचाकोच गरेर कैदीबन्दी राखिएको अवस्था छ ।

Exit mobile version