रुसी सेनामा भर्ना भएका बाँकेका एकजनाको मृत्यु

रुसी सेनामा भर्ती भएका बाँकेका एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-६, एच गाउँका ३८ वर्षीय सञ्जय केसीको मृत्यु भएको उनको घरपरिवारले जनाएका छन् ।

माघ २२ रुस-युक्रेन युद्धमा परेको थाहा पाएको उनका बुवा अमरले जानकारी दिए । फागुन ४ गते मात्र सञ्जयको शव र मृत्युको कागज मोबाइलमा आएको उनको भनाइ छ । सञ्जयको मृत्यु खबर पाएपछि ५ गते धार्मिक परम्पराअनुसार काजकिरीया गरिएको छ । रुसी सेनामा भर्ती हुन जान लागेको भनेर आफूलाई समेत थाहा नभएको उनकी श्रीमती सपनाले बताइन् । भिसा लगाउने भन्दै सञ्जय असोज ११ गते काठमाडौं गएका थिए । रुसी सेनामा भर्ना भएपछि मात्र सञ्जयले घरमा जानकारी गराएका उनले बताइन् ।

उनी पूर्व नेपाली सेना हुन् । द्वन्द्वको समयमा ज्यान खतरामा पर्ने भएकाले नेपाली सेनाको जागिर छाडेका थिइ ।

Exit mobile version