गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए । नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ । भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।

आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ । फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दु:खहरु समेटिएको छ ।

Exit mobile version