कोहलपुरमा आज स्थानीय बिदा

मगर समुदायले ४२औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आज कोहलपुर नगरपालिकाले स्थानीस बिदा दिएको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको बैठकको निर्णयानुसार आज बिदा दिने निर्णय गरिएको हो ।

नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघ संस्थामा स्थानीय बिदा राखिएको कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

Exit mobile version