बालसुधार गृहमा रहेका बालकहरुले अध्ययन समस्या भएको बताएका छन् । सुधार गृहले आसपास रहेका विद्यालयसँग समन्वय गरी नाम लेखाउने, परीक्षा दिने व्यवस्था मिलाएपनि अध्ययनका लागि शिक्षक समस्या भएको बताएका हुन् । जयन्दु बाल सुधार गृहमा सुधार गृहमै रहेका बालकहरु र बाहिरी दुई शिक्षकले पढ्न चाहनेलाई पढाउने गरेका छन् ।
बालसुधार गृहमा रहेका बालकहरु सुधार गृह भित्रै विद्यालय सञ्चालनमा आए सहज हुने बताउँछन् । उनीहरुले प्राविधिक शिक्षा अध्ययन गर्दा परीक्षा दिन समस्या हुने बताउँछन् । जयन्दु सुधार गृह प्रमुख बिमला काउचा मगरले लिखित परीक्षाको व्यवस्था मिलाइए पनि प्रयोगात्मक परीक्षाका लागि बाहिर पठाउन नपाउँदा त्यस्तो विषय अध्ययन गर्नेले प्राविधिक विषयको अध्ययन नै राक्नुपर्ने अवस्था रहेको बताउँछिन् । उनले सुधारगृहमै रहेका बालकले ओजिटी गर्न नपाएको जानकारी दिइन् ।
जयन्दु मात्रै होइन नौबस्ता स्थित बाल सुधार गृहमा पनि अध्ययन, अध्यापनको समस्या रहेको छ । सानै उमेरमा बालबिज्याईका कारण सुधार गृहमा रहेकाहरुलाई सुधार गरेर भोलिका दिनमा समाजमा असल नागरिकका रुपमा पुनस्र्थापित गर्न शिक्षा महत्वपूर्ण भएपनि शिक्षा प्राप्त गर्न सहज वातावरण सुधार गृहमा रहेको नपाइएको अधिकारकर्मी बसन्त गौतम बताउँछन् ।