मध्यपश्चिम विश्वविद्यालयका आंशिक उपप्राध्यापकहरुले करार नियुक्तिको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । विगत १० वर्षयता विद्यालयमा अध्यापन गराउँदै लिखित, मौखिक सबै प्रक्रिया पूरा गर्दा पनि करार नियुक्तिमा ढिलाए भएको भन्दै तालाबन्दी गरिएको आंशिक उपप्राध्यापकहरुले बताएका छन् ।
मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उनीहरुको भनाइ छ । आन्दोलनरत आंशिक उपप्राध्यापक श्याम थापाले केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको बताए । विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक उपप्राध्यापक रहेका छन् ।