एकजना पुरुष मृत अवस्थामा भेटिए

जुम्लामा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान साढे १२ बजेतिर मृत भेटिएका थिए ।

मृतक जुम्लाको चन्दननाथ नगरपालिका-८ श्रीढुस्का गाउँका ४५ वर्षका कलबहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला सूचना अधिकारी उमेश चन्दले बताए ।

प्रहरीका अनुसार डागी १२ दिनदेखि घरबाट बेपत्ता थिए । उनको कम्मरभन्दा तलको भाग स्याल खाइसकेको छ । उनी चन्दननाथ नगरपालिका– ९ धरालवाडामा मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Exit mobile version