दुई देशका सीमा सुरक्षा अधिकारीको बैठक

नेपाल–भारतका सीमा क्षेत्रमा खटिने सुरक्षा अधिकारीहरूले आपसी सुरक्षा चासो र चुनौतिका बारेमा छलफल गरेका छन् ।

नेपाल–भारत सीमामा खटिने सुरक्षा अधिकारीहरूको बैठकले दुवै देशमा हुने सीमपार अपराध नियन्त्रणका लागि आपसी समन्वयका लागि भारत तर्फको मुन्सीपुरवा एसएसबी क्याम्पमा बैठकको आयोजना गरिएको हो । त्यसक्रममा आपराध नियन्त्रणमा आपसी समन्वयको प्रतिवद्धता व्यक्त गर्दै आरक्षित वन क्षेत्रमा अवैध गतिविधि गर्दै आएका शंकास्पद व्यक्तिहरूको नाम, ठेगाना अदान प्रदान गरिएको थियो ।

बैठकमा नेपाल तर्फबाट हिरिमिनिया थानाका प्रतिनिधि, एपिएफका प्रतिनिधि, तथा भारत तर्फबाट एसएसबी खुफिया विंगका प्रतिनिधि, अब्दुल्लाहगन्ज रेन्जका कर्मचारी, वन रक्षक लगायतको सहभागिता रहेको थियो ।

हालै भारतीय आरक्षित अब्दुल्लागंन्ज रेन्ज वन क्षेत्रबाट नेपाली शिकारीलाई हतियार सहित नियन्त्रणमा लिएर भारतीय वन रक्षक तथा प्रहरीले सार्वजनिक गरेका थिए । भारतीय वन सुरक्षा अधिकारीहरूका अनुसार दुई जना नेपाली शिकारी नियन्त्रणमा लिइएपनि बाँकी भागेका थिए ।

Exit mobile version