कोहलपुरमा घोङी खाने प्रतियोगिता

कोहलपुरमा नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन् थालेको हो ।

यसले घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्ने अपेक्षा गरिएको छ । यसमा दुई सय पाँचजनाले सहभागिता जनाउने छन् । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए । उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए । उक्त प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ ।

Exit mobile version