करिब ६ महिनापछि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी उक्त बैठक आह्वान गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिइन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१)० बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरिएको प्रवक्ता कृष्ण जिसीको भनाइ छ ।