जानकीका ईसरार पक्राउ

जानकी गाउँपालिका-१ का २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साही वडाका ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

अरमानलाई कुटपिट गरी ईसरार फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका अरमानको उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Exit mobile version