- नेपालगन्जमा एक महिना नपुग्दै ट्राफिक लाइट बन्द भएका छन् । के कारणले उक्त लाइट बन्न गरिएको भन्ने विषयमा भने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छैन । नेपालगन्जका अन्य ठाउँमा परीक्षणका लागि सञ्चालन गरियता पनि धम्बोझीमा भने कार्यालय आवतजावतको समय र सवारीको बढी चाप हुने समय ट्राफिक लाइट प्रयोगमा ल्याइएको थियो ।
- कोहलपुर नगरपालिकाले बसपार्कभित्र विभिन्न व्यवसायका लागि भाडामा लिइएका २७ वटा सटरहरुको सम्झौता रद्ध गरेको छ । व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीले दिएको निवेदनका आधारमा सम्झौता रद्ध गरिएको कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।
- नेपालगन्जसहित शुक्रबार ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइएको छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
- ८ मार्चअर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अनलाइनखबर डटकमले सार्वजनिक गरेको नेपालका ‘५० प्रभावशाली महिला’को सूची बर्दियाका कृष्णी थारु र पुष्पा चौधरी ५० प्रभावशाली महिलामा परेका छन् । कृष्णी लुम्बिनी प्रदेशकी पूर्व सभामुख हुन् भने पुष्पा सञ्चारकर्मी हुन् ।
- नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन जहाजमार्फत दर्शन गरिएको छ ।
- नेपालगन्जमा सुरु भयो, नेपाल कल्चर फेष्टिवल । अन्तरालको आयोजनामा बिहीबार साँझदेखि नेपाल कल्चर फेष्टिवल नेपालगन्जमा सुरु भएको छ । शनिबारसम्म चल्ने उक्त फेष्टिवलमा गायिका मेनुका पौडेल पनि सहभागी हुने बताइएको छ ।