करेन्ट लागेर कालीकाेटमा दुईजनाकाे मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो।
विद्युतको सबस्टेशनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।

Exit mobile version