किताब बेच्दै दाङ पुगे महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै दाङ पुगेका छन्। आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी दाङको तुलसीपुर पुगेका हुन्। 
वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन्। सुदूरपश्चिमको महेन्द्र नगरबाट आफू दाङसम्म आइपुग्दा ६० हजार बढी किताब बिक्री भइसकेको पुनले बताए। उनले प्रति किताब ७ सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

Exit mobile version