अशक्त किशोरी बलात्कार आरोपमा युवा पक्राउ

अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ  परेका छन् । भेरी नगरपालिका ५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विकलाई प्रहरीले पक्राउ  गरेको हो ।

सुस्त मनस्थितिकी भएकी युवतीलाई उनले गत फागुन ८ गते घरमै जर्वजस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

Exit mobile version