चार राउन्ड गोलीसहित दुईजना पक्राउ

सर्लाही प्रहरीले चार राउन्ड अवैध गोलीसहित दुईजनालाई पक्राउ गरेकाे छ। अवैध गोलीसहित बागमती नगरपालिका ८ निवासी २४ वर्षीय रञ्जित राम र मंलगवा नगरपालिका १ निवासी २१ वर्षीय पोसन महरा रामलाई आज बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले बताएका छन्।
शंकरपुरबाट सोल्टीतर्फ बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलमा अवैध गोली बोकेर हिँडिरहेका गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा आठ एमएमको चार  राउन्ड गोली भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो।
गोली भेटिएपछि अवैध हतियार पनि कतै लुकाएको हुन सक्ने भएकाले प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सर्लाहीका एसपी ज्ञवालीले बताए।

Exit mobile version