कर्णाली पुलमा आवागमन बन्द हुने, वैकल्पिक रुट कुन ?

सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा रहेको कर्णाली पुलमाथिको आवागमन केही दिनका लागि बन्द हुने भएको छ । सोमबार पूर्वबाट लाइटर ढुवानी गरेर पश्चिम गइरहेको ट्रकमा आगलागी हुँदा कर्णाली पुलमा केही क्षति पुगेकाले यहाँको आवागमन केही दिनका लागि बन्द हुने भएको हो ।

कर्णाली पुलमाथि रहेको ट्रक एक्कासी आगलागी हुँदा पुलमा क्षति पुगेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर निरज शाक्यले बताए । उनले वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरेका छन् । व‌ैकल्पिक सडकका रुपमा कोठियाघाट/सत्तीबाट आवतजावत गर्न सकिन्छ ।

Exit mobile version