वीरेन्द्रनगरमा व्यवसायीको धर्ना

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन् । व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा मंगलबार धर्ना दिएका हुन् ।

उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै सर्वदलीय बैठक राखेर सहमति गराउने आश्वासन दिएको थियो । अहिलेसम्म पनि बैठक नराखेको भन्दै व्यवसायीहरु धर्ना बसेका हुन् । वीरेन्द्रनगर वडा नम्बर ६ र ८ का सार्वजनिक जग्गामा व्यवसाय गरिरहेकाहरुलाई ठाउँ खाली गरिदिन भन्दै नगरपालिकाले गत माघमा अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो । तर व्यवसायीहरुले भने आफूहरुलाई उचित विकल्प दिए मात्र ठाउँ खाली गरिदिने भन्दै अडान लिएका छन् ।

Exit mobile version