घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्।
सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अवस्थामा उनकै घरमा फेला परेकाे हाे।
उनको घाँटीमा गहिरो चोट लागेको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ।

Exit mobile version