दाङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना

दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुरबाट काठमाडौंको लागि छुटेको बस मंगलवार राति करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिइन् ।
बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोक्किंदा दुर्घटना भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते तीनजनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको छ । घाईते हुनेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आस्था पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ ।
त्यसैगरी बसमा सवार दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने बर्ष २२ क बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ की बबिता शाहीको ढाडमा चोटलागेको र अवस्था सामान्य रहेको छ ।

Exit mobile version