उदयपुरमा जिप दुर्घटना हुँदा सातजनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । धरानबाट जाँदै गरेको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिकास्थित मैनामैनीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए । अहिले सातजनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको पनि प्रहरीको भनाइ छ ।

यो खबर कान्तिपुर दैनिकका प्रकाशित छ ।

Exit mobile version