कालीकोटको गाउँमै नुनको डिपो

महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरेको महावैका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरे ।

Exit mobile version