बिहान ढकेरीमा भेटिएकाे शवकाे पहिचान खुल्याे

आइतबार बिहान ढकेरी नजिकै पूर्व-पश्चिम सडकखण्डमा भेटिएकाे शवकाे सनाखत भएकाे छ । सल्यान दार्मा गाउँपालिका-१, घर भइ हाल ढकेरी बस्ने ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माकाे शव भएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।
उनी ढकेरीस्थित दाईकाे घरमा बस्दै आएका थिए । शनिबार साझ हराएका उनलाई खाेजी गर्दा मृत अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ ।
उनलाई वन्यजन्तुले आक्रमण गरेकाे आशंका गरिए पनि थप अनुसन्धानका लागि पाेस्टमार्टमका लागि भेरी अस्पताल पठाइएकाे प्रहरीकाे भनाइ छ ।

Exit mobile version