जेलबाट छुटेको दुई दिनमै फेरि नेपालगन्जमा पक्राउ

बहुविवाहको आरोपमा जेल सजाय भोगेर धरौटीमा छुटेका एक व्यक्ति छुटेको दुई दिनमै बैंकिङ कसुर मुद्धामा (बाउन्स चेक) पक्राउ परेका छन् । प्रहरीले कुमाख गाउँपालिका-१ का वर्ष ३२ का वीरेन्द्रकुमार चन्दलाई पक्राउ गरेको हो ।

चन्दले ७ लाख ६ हजारको बाउन्स चेक दिएको भन्दै बाग्चौर नगरपालिका-१ बस्ने वर्ष ३० की सीता विकले २०८० जेठ १७ गते जिल्ला अदालत सल्यानमा मुद्धा दर्ता गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता भवानी प्रसाद धमलाका अनुसार विकले मुद्धा दर्ता गरेपछि फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बहुविवाह मुद्धामा पक्राउ गरेको थियो । उनी २ लाख धरौटीमा २०८० चैत्र १ गते मात्र छुटेका थिए ।

बाँकेबाट छुटेको खबर पाएपछि प्रहरीले खोजी नीति गर्दा चन्दलाई नेपालगन्ज उपमहानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आइतबार जिल्ला अदालत सल्यानमा पेस गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ ।

Exit mobile version