आगलागीपछि बन्द भएकाे कर्णाली पुल सञ्चालनमा आयाे

आगलागीका कारण एक हप्तादेखि बन्द रहेकाे कर्णाली पुल साेमबार (आज) देखि सुरु भएकाे छ । लाइटर बाेकेर सुदूरपश्चिम जाँदै गरेकाे ट्रकमा आगलागी भएपछि उक्त पुलमा सामान्य क्षति पुगेकाे थियाे ।
सडक डिभिजन कार्यालयले उक्त आगलागीबाट पुलमा भएकाे क्षतिकाे प्राविधिक मूल्यांकन गरेकाे थियाे । पुललाई सपाेट दिइएकाे सपाेड डाेरीकाे बाहिरी भागमा सामान्य क्षति भए पनि अन्य क्षति नभएपछि आजदेखि पूर्णरुपमा पुल सञ्चालनमा ल्याइएकाे सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए ।

Exit mobile version