साइकलमै महाकाली-मेची यात्रा सम्पन्न

बाँकेका साइकल अभियन्ता सतिश निरौला र रमेश मल्लले सुरु गरेको पश्चिमदेखि पूर्व साइकल यात्रा सम्पन्न भएको छ । मंगलबार एक हजार एक सय १५ किलोमिटर दुरी पार गर्दै उक्त यात्रा सम्पन्न भएको हो ।

उनीहरुले सुदूरपश्चिमको महाकाली नदीस्थित कुतियाकभरदेखि यात्रा सुरु गरेका थिए । मंगलबार १२औँ दिन सुदूरपूर्व मेचीस्थित केचनाकेवलमा उक्त यात्रा सम्पन्न भएको साइकल यात्री निरौलाले जानकारी दिए ।

Exit mobile version