लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ

लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिकाका २५ वर्षीय विकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

२०८० असार १० गते लागु औषध (ब्राउन सुगर) मुद्दामा अदालतले चौधरीलाई १ महिना ६ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेको दिन देखि चौधरी फरार रहेका थिए । चौधरी आफ्नै घरवतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम आर्यालले जानकारी दिए ।

Exit mobile version