प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक बाँकेका चारजना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरका डिएसपी दिपकबहादुर साह, नेपाल प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगन्जका डिएसपी नवराज पोखरेल र ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीको सरुवा गरेको हो ।
उनीहरुसहित प्रहरी प्रधान कार्यालयले एक सय ४१ डिएसपीको सरुवा गरेको छ । चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरीप्रधान कार्यालयले जनाएको छ ।