बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा बर्दियाको बाँसगढी नगरपालिका-४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उजुरी आएपछि वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

Exit mobile version