विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ। अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएको यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ। यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।
अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (ITI) द्वारा सन् १९६२ मा विश्व रंगमञ्च दिवस मनाउन सुरु गरिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि न्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ, र यूनेस्को ले पनि यस दिवसको बिश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ ।
रंगमञ्च अनुभव
दर्शकहरू बस्न थालेपछि बत्तीहरू मधुरो हुन्छन्। पर्दा उठ्ने बित्तिकै, महिनौंको तयारी गरिएको कथा र पात्रहरु जीवन्त हुन्छन् । अन्तर्राष्ट्रिय रंगमञ्च दिवसले हलचल, मनोरञ्जन, शिक्षण, र मानिसहरूलाई परिवर्तन गर्नमा थिएटर कलाको मूल्यलाई मान्यता दिन्छ। थिएटर कलाको एक माध्यम हो जसमा विभिन्न तरिकामा काम गर्ने प्रतिभाशाली कलाकारहरूको विविध दायरा समावेश भएको हुन्छ । ती कलाहरु चाहे लेखन र निर्देशन, उत्पादन र अभिनय, भव्य पोशाकहरू सिर्जना गर्ने, वा प्रकाश र दृश्य डिजाइन ह्यान्डल गर्ने या अन्य कुनै पनि प्रकारका योगदानमा आधरित हुन्छन् जस्ले थिएटरलाई हामीमाझ ल्याएको हुन्छ । आजको दिन थिएटरका ति हरेक अवयवहरुको विशेष दिन हो, रंगमञ्च अटुट रहोस् ।
Theatre and a culture for peace- थिएटर एण्ड ए कल्चर अफ पिस विश्व रंगमञ्च दिवस २०२४ को नारा हो। विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवर्द्धनमा रंगमञ्चको महत्त्वलाई जनाएको छ ।
नेपालमा रंगमञ्च
समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ ।
पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजरा चलाउन कठिन भएको रंकर्मीहरुले बताइरहेको यस अवस्थामा रंगमञ्चके ब्यबस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज समबन्धीत निकायको ध्यान जाओस्, शुभकामना ।
[हाम्रो पात्रोका लागि सुयोग ढकाल]