फरक क्षमता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि रोजगार पहल थालिएको छ । बाँकेमा औद्योगिक क्षेत्र बढी रहेको बाँकेको जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिसँग पालिका, वडा तथा उद्योग बीचको अन्तरक्रिया आयोजना गरेको हो ।
बुधबार नेपालगन्जमा आयोजित अन्तरक्रियामा फरक क्षमता भएका व्यक्तिहरूको जीविकोपार्जन सहज बनाउन राज्यले आर्थिक सहयोग गर्नुका साथै निजी क्षेत्रपनि क्षमता अनुसार रोजगार दिएर सहयोग गर्नुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताए । ‘अपांगता भएकालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ, उनीहरूलाई क्षमता अनुसार सीप सिकाएर आर्थिक सशक्तिकरणमा सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि तीन तहकै सरकारले योजना बनाएर काम गर्नुपर्छ ।’
जानकी गाउँपालिका सामाजिक विकास संयोजक राम अचल धोबीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिका अपांगता भएकाहरूलाई सीप सिकाउन तथा उनीहरूलाई रोजगारीका लागि पहल गर्न प्रतिबद्ध रहेको बताए ।
अपांगता अधिकारकर्मी भावुक जंग थापाले अपांगता भएकाहरूलाई आर्थिक सशक्तिकरणमा सघाउन तीन तहकै सकारको भूमिका आवश्यक रहेको बताए ।
सिजम राज श्रेष्ठले वडा र गाउँपालिकाले तालिम दिए अपांगता भएकाहरू पनि रोजगार तथा स्वरोजगार हुन सक्षम हुने बताए । उनले तालिम प्राप्त भई सक्षम भए अपांगता भएकालाई बा