जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

जाडो मौसम सुरु भएसँगै हाम्रो छालामा फुस्रोपन, सुख्खापन, र पहेंलोपनको समस्या देखिने समय पनि आइसकेको छ। यी सबैको जड नै जाडो मौसम हो। जाडोमा हामी हिटर, ब्लोअर जस्ता न्यानो हुने उपायहरू अपनाउँछौं। जाडोमा घाम ताप्छौं र तातो पानीले नुहाउँछौं, जसले गर्दा हाम्रो छालाको अवस्था झनै खराब हुन सक्छ। जाडो उत्कर्षमा रहँदा हामी ट्रान्स एपिडर्मल वाटर लस (Transepidermal water loss) र बाहिरी तथा आन्तरिक पोषण (external and internal nourishment) को कमी अनुभव गर्छौं, जसका कारण छाला सुख्खा र चिलाउने हुनजान्छ र प्राय: छाला फुस्रो देखिनथाल्छ।

त्यसैले अब आफ्नो छालालाई अतिरिक्त हेरचाह गर्ने समय आइसकेको छ र, यो जाडो मौसममा पनि आफ्नो छालालाई चम्किलो बनाइराख्नका लागि केही आधारभूत दिनचर्याको पालन गर्नुपर्ने हुन्छ। थोरैमात्र समय र प्रयासले पनि छालालाई मुलायम र स्वस्थ बनाइराख्न धेरै मद्दत पुग्न सक्छ। चम्किलो छालाका लागि तपाईंले यी सरल र प्राकृतिक उपायहरूको पालन गर्नु आवश्यक हुन्छ।

१. छाला मस्चराइज गर्नूहोस् (Moisturise Your Skin)
जाडोमा छाला चम्किलो बनाउनका लागि मस्चराइजिङ सबैभन्दा महत्वपूर्ण उपायमध्ये एक हो। मस्चराइजिङले हाम्रो छालालाई हाइड्रेटेड राख्न र छालाबाट निस्कने प्राकृतिक चिल्लोपदार्थ नहराउन दिन सघाउँछ। नरिवलको (coconut) तेल, अडेर (Castor) तेल, जैतुन (Olive) तेल, दुधको तर, कांक्रा (Cucumber) आदि जस्ता प्राकृतिक तत्वहरू मिसाईएको मस्चराइजर चयन गर्न सक्नुहुन्छ।

२. नियमित पानी पिउनुहोस् (Drink Water Regularly)
जाडो महिनामा हामी सामान्यता कमैमात्र पानी पिउँछौं। किनभने जाडोमा हामी शरीरमा पानी कम भएको (डिहाइड्रेसन) महसुस गर्दैनौं। यद्यपि हामी विभिन्न तरिकाले शरीरबाट पानी गुमाइरहेका भने हुन्छौं। धेरै पानी पिउनुको अर्थ तपाईंको शरीरको छालालाई भित्रदेखि बाहिरसम्म मस्चराइज गर्नु हो। यसकारण शारीरिक प्रणालीमा पानीको कमी हुन नदिऔं र फुस्रो छालाको चिन्ता भुलेर चम्किलो छाला बनाऔं।

३. नुहाइधुवाइको आदत

जाडोमा तातो पानीले नुहाउँदा तपाईंको शरीरलाई आनन्द त मिल्छ, तर तपाईंको छालाको अवस्थाका लागि तातो पानी ज्यादै नोक्सानदायी हुनसक्छ। तातो झनै प्रतिकुल हुन्छ।
हामी जाडोमा चिसो पानीले नुहाउन हामी पक्कै सक्दैनौं तर मनतातो (गुनगुना) पानीले पखालेर हामी आफ्नो अनुहारको छाला अवश्यक बचाउन सक्छौं। यसरी तपाईंलाई चिसो लाग्दैन र तपाईंको अनुहारबाट प्राकृतिक चिल्लोपना पनि सजिलै छुट्दैन।

४.एसपीएफ़ (सनस्क्रिन) को प्रयोग गरिराखौं
हो, मलाई थाहा छ, आकाश धुम्म छ र तपाईं आफ्नो कपडाको ३-५ पत्रले ढाकिनुभएको छ। तर यसको अर्थ तपाईंले आफ्नो सन्सक्रिनको बचत गर्नु भन्ने विल्कुलै होइन। वर्षैभरि आफ्नो छालाको सुरक्षा गरिरहनु अत्यन्तै महत्वपूर्ण हुन्छ।
एसपीएफको उपयोगले समय अगावै बुढो हुनबाट रोक्छ। यो छालामा युवावय र चम्किलोपना कायम राखिरहन सघाउने उत्कृष्ट साधन हो। अत: यसलाई (सन्सक्रिन) नियमित लगाउनुहोस्, चाहे त्यो जनवरीकै महिना किन नहोस्।

५. रातमा आफ्नो छालालाई रेप्लेनिस गर्नूहोस्
आफ्नो छाला स्वस्थ देख्न चाहनुहुन्छ भने तपाईंले रातमा ७-८ घण्टा आराम गर्नेक्रममा यसलाई फेरि भर्न (Replenish) नभुल्नुहोस्। दिनभर आफ्नो छालामा टाँसिएको फोहोर पखाल्ने सुनिश्चित गर्नुस्। बाहिरको मेकअप, फोहोर र वायु प्रदूषण हटाइदिनुस्। यसले छालाको सुन्नाइ कम गर्छ, र्‍याडिकल ड्यामेज हुन दिँदैन र छालाको उमेर बढ्नबाट रोक्छ।
जहिले पनि सुत्नुभन्दा पहिले सिरम र मस्चराइजरका साथै भित्रैसम्म मस्चराइजिङ गर्नेगर्नुस्। ताकि तपाईं बिहान एउटा सुन्दर कोमल छालाका साथमा ब्यूँझन सक्नुहोस्।
यी सरल उपायहरू, जसले तपाईंहरूलाई जाडोको कठोर प्रभावबाट जोगिन सहयोग गर्न सक्छ। र, यसबाट तपाईंको छाला चम्किलो र हँसिलो देखिन जान्छ।

Exit mobile version