लुम्बिनीका मुख्यमन्त्रीले दिए राजिनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पदबाट राजिनामा दिएका छन् ।

बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजिनामा दिए । उनले विश्वासको मत लिने भनिएपनि सभालाई सम्बोधन गर्दै राजिनामा दिए ।

केन्द्रमा सत्ता समिकरण फेरिएपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्ता गठबन्धनले स्वतन्त्र संसदको समर्थन सहित बहुमत पुर्याएको छ ।

नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले–माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको हो ।

केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसंग बहुमत जुटाउन एक सांसदको कमी थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । अब स्वतन्त्र सांसदले समर्थन गर्ने भएपछि बहुमत पुगेको हो ।

Exit mobile version