प्रहरी प्रति बढ्दो अविश्वास

इन्द्रपु®मा डकैती भएको घर । एकजनाको हत्या गरी डकैती भएको घटनामा अपराधी पक्राउ नपर्दा पीडितले न्यायको महसुस गर्न सकेका छैनन् ।

पछिल्लो समय एक पछि अर्को अपराधिक घटना हुँदा जिल्लाको सुरक्षा व्यवस्था प्रति नै स्थानीय प्रश्न उठाउन थालेका छन् । अपराधिक घटना भएको लामो समयसम्म पनि प्रहरीले दोषीहरूलाई पक्राउ गरी
कानुनी दायरामा ल्याउन नसक्दा अहिले बाँके प्रहरी निकै आलोलित भैरहेको छ ।

एउटा हत्या र दुई वटा डकैतीका घटनाले जिल्लाका ग्रामीण क्षेत्रका स्थानीय त्रसित हुन थालेका छन् । जिल्लामा बढ्दो तस्करीको नियमित गुनासो बीच अपराधिक घटनाले सुरक्षा कमाण्डप्रति प्रश्न बढ्दै जान थालेका हुन् ।

बाँकेमा पछिल्लो एक महिनामा अपराधिक घटनामा दुईजनाको हत्या भएको छ भने तीन जना घाइते भएका छन् । तर ती घटना दोषीहरू प्रहरीले पक्राउ गर्न सकेको छैन ।
घटना १

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा शव फेला पर्यो । बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, रिसिइबीका कारण उक्त घटना भएको आशंका गरिएको छ । घटनामा प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

घटना २
गत फागुन २३ गते बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकाको सीमानामा पर्ने ईन्द्रपुरमा एक लुटेराको समुहले एकजना व्यक्तिको हत्या गरेर धनमालसमेत लुट्यो । हतियारसहित आएका छ जना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । उनकी श्रीमती सविता राजवंशी थारु घाइते भएकी थिइन् । तर, उक्त घटना दोषीहरू पनि अहिलेसम्म पक्राउ पर्न सकेका
छैनन् ।

घटना ३
चैत १९ गते, बाँकेको बी गाउँमा एक दम्पतिकै घाटीमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा फेला परे । उक्त घटनालाई भने बाँके प्रहरी प्रमुख बोहरा उक्त घटना भने दम्पतीबीचको झगडाले भएको देखिएको बताउँछन् ।

घटना ४
यसैगरी डुडुवा गाउँपालिकामा युवा संघका एक कार्यकर्तामाथि भएको हमलालाई लिएर पनि प्रहरी आलोचित भैरहेको छ ।
यतिबेला बाँकेको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । मानवअधिकारकर्मीहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनीहरूले शान्तिसुरक्षाको व्यवस्थामा गम्भीर बन्न, पीडकलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिन माग गरेका छन् ।

बिहीबार पनि डकैतीको घटना भयो । दोषी पक्राउ पर्न सकेका छैनन् ।

बाँकेको जानकी गाउँपालिकामा एक व्यक्तिको घरमा डकैती भएको छ । बिहीबार विहान २ बजेतिर ८÷१० जनाको समूहले जानकी गाउँपालिका वडा नं. ६ कपासीमा बस्ने लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटपाट गरेका हुन् ।

हातहतियार समेत रहेका डाँकाहरूले बुढालाई कुटपिट गरेर लाखौंको धनमाल लुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपालगन्ज र जानकी गाउँपालिकाको सीमामा पर्ने इन्द्रपुरमा एक व्यक्तिको हत्या गर्दै धनमाल लुटपाट भएको थियो । हातहतियार आएको डाँकाको समूहले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । घटनामा सन्तोषकी श्रीमति घाइते भएकी थिइन् । उक्त घटनामा प्रहरीले अहिलेसम्म दोषी पक्राउ गर्न सकेको छैन । ‘अघिल्लै घटनाको श्रृंखलाका रूपमा जानकीको घटनालाई लिएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, ‘गम्भीर अनुसन्धान गरिरहेका छौं ।’

Exit mobile version