देशमा आजः ८ बजे ८ खबर

१. लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमत सहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिए ।

३. संसद्मा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् । दलित महिला सङ्घ(फोडो)ले काठमाडौंमा आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।

४. काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ । कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो ।

५. कर्णाली प्रदेशमा वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ । समस्या प्राथमिकता अनुसार समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार गरिएको हो ।

६. सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।

७. सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

८. पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्यांक अनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् ।

Exit mobile version