भारतीय डिएमद्वारा सीमानामा किन ?

भारत बहराइच जिल्ला अधिकारी (डिएम) मोनिका रानीले नेपाल–भारत सीमाको गुलरिया चेक पोष्टको निरीक्षण गरेकी छन् । मतदान केन्द्र निरीक्षणका क्रममा डिएम मोनिका रानीले बहराइच जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वृन्दा शुक्ला लगायतका भारतीय सुरक्षा अधिकारीहरू सहित दशजगामा नजिक गुलरिया चेकपोष्टको निरीक्षण गरेकी हुन् ।

त्यसक्रममा भारतीय सुरक्षा अधिकारीहरूले नेपाल तथा भारतीय सीमा स्थित सुरक्षाकर्मीहरूसँग सुरक्षा व्यवस्था तथा सुरक्षा गतिविधिका बारेमा जानकारी लिएका थिए ।

भारतमा नजिकिंदो लोकसभा निर्वाचनलाई मध्यनजर भारतीय सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थाको अनुगमन गरेका हुन् । त्यसक्रममा डिएम रानी र एसपी शुक्लाले भारतमा लागु भएको निर्वाचन आचारसंहिता पूर्ण रूपमा नाकामा पालना गराउन भारतीय सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएकी थिइन् । उनीहरूले भारतीय सुरक्षा अधिकारीहरूलाई अवैध रूपमा मदिराको भित्रिन सक्ने, चुनाव प्रभावित पार्न रकम भित्रिन सक्ने, हातहतियार जस्ता मालसामान र असामाजिक तत्वको आवतजावत हुनसक्ने तर्फ सचेत गराएका थिए ।

Exit mobile version