नेपालगन्जबाट साइकलमै अयोध्या

नेपालगन्जका साइक्लिष्टहरू साइकलमै भारतको अयोध्या पुगेका छन् । नेपालगन्जको वागेश्वरी मन्दिरबाट यात्रा सुरु गरेर शनिबार उनीहरू भारत स्थित राम जन्मभूमि अयोध्या पुगेका हुन् । उनीहरूलाई शनिबार विहान बागेश्वरी मन्दिरबाट बिदाई गरिएको थियो ।

बिदाईका क्रममा क्लबका साईकलिस्टहरूले टोलीलाई भारतको बाबागन्जसम्म स्कटिङ्ग समेत गरेका थिए ।

नेपालगन्ज देखि अयोध्याको दुरी १ सय ८० किमी रहेको छ । नेपालगन्जबाट नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ताको नेतृत्वमा ६ जनाको टोली अयोध्या गएको क्लब अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए ।

Exit mobile version