प्रहरीले चार लाख बढी मूल्यको भन्सार छली गरेर ल्याएको मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–१६ जयसपुर स्थित प्रहरी टोलीले गस्ती गर्दै क्रममा भन्सार छलेर ल्याएको मालसामान थुपारी राखेको अवस्थामा फेला परेको जानकारी दिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बच्चाको जुत्ता १ सय ६८ जोर, लेडिज मोजा २ हजार जोर, बच्चाको चप्पल ३ सय २४ जोर, छालाको बेल्ड ४ सय २ पिस , पर्दा २ सय मिटर, रेफ्रिरिजेटर ग्याँस ४० पिस बरामद भएको हो । प्रहरीले उक्त सामानको मूल्यांकन करिब ४ लाख ८६ हजार ८ सय रहेको अनुमान गरेको छ ।