आफैले बनाएको घरेलु हतियार पड्कदा सचिन थारु घाइते भएका छन् ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ५ का बैजापुरका १६ बर्षीय युवा सचिवले युटुबाट सिकेर काठ र फलाम प्रयोग गरी घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाएका हुन् । उनले उक्त हतियार पाइन्टको गोजीमा राखेको निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ । हतियार पड्कदा सचिनको हिपमा छर्रा गाडिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घाइते सचिनलाई नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि पठाएको जानकारी दिएको छ ।