शिक्षाका विभिन्न सवालहरूलाई लिएर आन्दोलित विद्यार्थी र नेपालगन्ज उपमहानगरपालिका बीच सहमति भएको छ । विद्यार्थीहरूले आफुहरूको मागको सुनुवाई नगरेको भन्दै उपमहानगरपालकाको शिक्षा महाशाखामा अनेरास्ववियु बाँकेले यसअघि तालाबन्दी गरेको थिए ।
विद्यार्थीहरूको मागका विषयमा नेपालगन्ज उपमहानगरपालिका, प्याब्सन, एनप्याब्सन अनेरास्ववियु बाँकेका प्रतिनिधि बीच छलफल पछि सहमति जुटेको छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले जेष्ठ ७ गते भित्र नेपालगन्जमा उपमहानगरपालिका भित्र रहेका बिद्यालयले शुल्क सूचि सार्वजनिक गर्ने, अनावश्यक शुल्क लिने बिद्यालयलाई कार्वाही गर्ने, जेष्ठ १५ गते भित्र संस्थागत बिद्यालयले दिने १०% छात्रवृत्ति सार्वजनिक गर्ने, मापदण्ड नपुगेका बिद्यालयलाई निर्दिशिका संशोधन सहित खारेज गर्ने छलफल पछि निर्णय गरिएको
बताए । उनले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बिद्यालयहरूलाई नियन्त्रण गर्ने र अटेरी गर्नेलाइ कार्वाही गर्ने, रूपैडियाबाट ल्याउने ड्रेस नेपालगन्जमा भन्सार कार्यलयसँग समन्वय गरि नियन्त्रण गर्ने पनि सहमति भएको उनले
बताए ।
बैठकमा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा नगर प्याब्सन अध्यक्ष विकास बज्राचार्य, नगर एनप्याब्सन अध्यक्ष राजिव पौडेल, हिसान नेपालका इश्वर पोखरेल, अनेरास्ववियु बाँके अध्यक्ष प्रकाश विश्वकर्मा, लोकेन्द्र बहादुर शाही, भीम बहादुर बुढा, चिरञ्जीवि बुढा, केशरजंग शाह लगायतको उपस्थिति रहेको थियो ।