कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गर्नुभएको छ । उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उहाँले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गर्नुभएको छ । पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौँ र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताउनुभएको छ । पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्नेनगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले राससलाई बताउनुभयो । पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।
कर्णाली पुल बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह
- Dainik Nepalgunj

- Categories: News
Related Content
३० दिन भित्र जमुनाहदेखि चिसापानीसम्मको सडक क्षेत्र खाली गरिंदै
by
Dainik Nepalgunj
May 23, 2026
नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभा आज
by
Dainik Nepalgunj
May 23, 2026
रिक्शामा ट्रम्प
by
Dainik Nepalgunj
May 23, 2026
वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी
by
Dainik Nepalgunj
May 23, 2026
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
by
Dainik Nepalgunj
May 23, 2026