बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले जनावर र मानव बस्ती व्यवस्थापन गर्न सुझाव दिएका छन् । बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जंगली जनावर बस्तीमा पस्ने, हिँस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढ्दै गएपछि मध्यवर्ती क्षेत्रसहित बाँके र बर्दियाका धेरै क्षेत्रका मानिसले असुरक्षा महसुस गरेका छन् । पछिल्लो दिनमा मानव र जनावरबीचको द्धन्द्ध थप बढ्दै जाँदा त्यो विषय अहिले सबैभन्दा पेचिलो बन्दै गएको छ । नेपाली काँग्रेसका स्थापित तथा प्रभावशाली नेता निर्वाचनमा आफ्नो क्षेत्रबाट उम्मेदवार भएकाले उनलाई आफूहरुको पिरमर्का सुनाएको र सम्बोधन हुने विश्वास पनि लिएको ठाकुरबाबा नगरपालिका ३ का कमानसिंह साउद बताउँछन् । स्थानीय कौशिला टमटा विगतमा बर्दियामा विकासका थुप्रै कामको अगुवाई गरेका नेता राठौरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुल पुलेसालगायत समस्या समाधान गर्ने विश्वास दिएको बताउँछिन् । नेता राठौरले स्थानीय जनतासंग भेटघाट गर्नुका साथै ई–सुझाव संकलन गरिरहेका छन् । जसमा जनावर र मानव बस्ती व्यवस्थापन सहितका निकै धेरै विषयका सुझावहरु आएको ठाकुराबाबा नगरपालिकाका मेयरसमेत सरहेका स्थानीय काँग्रेस नेता तिलक लम्सालले बताए । काँग्रेस नेता राठौर २०७९ को निर्वाचनमा बाँकेको क्षेत्र नम्बर–३ बाट उम्मेदवार थिए । उनी उक्त निर्वाचनमा २९ हजार ४० मतसहित विजयी भएका थिए । निकट प्रतिस्पर्धी एमालेका तत्कालीन जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत ल्याएका थिए ।
जनावर र मानव बस्ती व्यवस्थापन गर्न जनताको राठौरलाई सुझाव
- Dainik Nepalgunj

- Categories: News
Related Content
३० दिन भित्र जमुनाहदेखि चिसापानीसम्मको सडक क्षेत्र खाली गरिंदै
by
Dainik Nepalgunj
May 23, 2026
नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभा आज
by
Dainik Nepalgunj
May 23, 2026
रिक्शामा ट्रम्प
by
Dainik Nepalgunj
May 23, 2026
वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी
by
Dainik Nepalgunj
May 23, 2026
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
by
Dainik Nepalgunj
May 23, 2026