For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

सन्दर्भः नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन

byDainik Nepalgunj
February 10, 2025
in विचार
0 0
0
सन्दर्भः नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन
Share on FacebookShare on Twitter

नेपालको निजामती क्षेत्रको पहिलो र जेठो संगठन नेपाल निजामती कर्मचारी संगठनको १२ औँ राष्ट्रिय महाधिवेशन यहि माघ ३० गते देखि फागुन १ गतेसम्म काठमाण्डौ सम्पन्न हुँदैछ । “संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मानः राजनीतिक अधिकार सहितको टे«ड यूनियन, हाम्रो अभियान” भन्ने मुल नाराका साथ हुन गइरहेको यो महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि र पर्यवेक्षक सहभागि हुँदैछन् । महाधिवेशनले तीन वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । यस अघि ७ वटै प्रदेश, ७७ वटै जिल्ला र ४२ मन्त्रालय÷विभाग सहित उपत्यका प्रदेश र पालिका स्तरिय अधिवेशनहरू सम्पन्न गरिसकेको निजामती क्षेत्रको सबै भन्दा ठुलो संगठन नेपाल निजामती कर्मचारी संगठन अहिले आफ्नो राष्ट्रिय महाधिवेशनको संघारमा आइपुगेको छ ।

नेपालमा पहिलोपटक २०७३ सालमा सम्पन्न भएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा यो संगठनले करिब दुई तिहाई स्थानमा विजय प्राप्त गरेको थियो । केन्द्र र जिल्लाको आधिकारिक ट्रेड यूनियनमा अग्रस्थानमा रहेको नेपाल निजामती कर्मचारी संगठनको यो महाधिवेशनलाई सबैले अत्यन्त गम्भिरता र चासो पूर्वक हेरेका छन् । नेपालको निजामती क्षेत्रको सबैभन्दा ठुलो संगठनको महाधिवेशनले तय गर्ने नीति तथा कार्यक्रमले नेपालको सिंगो निजामती प्रशासनलाई समेत यसले प्रभाव पार्नेछ । तर मुख्य कुरा यो महाधिवेशन कुन विषयमा केन्द्रित हुन्छ र कस्तो नीति एवं कार्यदिशा तय गर्छ भन्ने हो । यो १२ औँ महाधिवेशन परम्पराको निरन्तरता मात्र हुन्छ कि बदलिँदो राज्यको ब्यवस्था र बदलिँदो नागरिक अपेक्षा अनुसारको रूपान्तरणका विषयमा छलफल, बहस र निष्कर्षमा पनि पुग्छ, त्यो भने हेर्न बाँकी नै छ ।

कर्मचारीहरूको सामाजिक सुरक्षा र पेशागत हकहितको विषय मात्र नभएर गिर्दो निजामती सेवाको छवी उकास्ने विषय, निजामती सेवा भित्रका तमाम खाले विकृति एवं विसंगती र निजामती सेवामा राजनीतिकरण अन्त्यको विषय, निजामती सेवा प्रति जनताको अपेक्षा र कर्मचारीले निर्बाह गर्नु पर्ने भूमिका, संघीयतामा कर्मचारी ब्यवस्थापनको विधि र उपाय लगायतको विषयमा महाधिवेशनले कस्तो रणनीति तय गर्दछ त्यसैमा यसको सफलता र उपलब्धी निर्भर रहनेछ । यदि कुनै नवीन विचार, विमर्श र कार्यदिशा बिना केवल नेतृत्व चयनको वरिपरि मात्र महाधिवेशन केन्द्रित भयो भने कर्मचारीहरूको यो कुम्भमेला केबल मेलाको रूपमा सिमित रहनेछ र केहि थान कर्मचारीहरूको नेता बन्ने सपना साकार हुने बाहेक अरू केहि उपलब्धी हुने छैन ।

अहिले समग्र निजामती क्षेत्र लगभग अस्तव्यस्तको स्थितिमा छ । संविधान जारी भइ मुलुक संघीयतामा प्रवेश गरेको करिब आठ वर्ष वितिसक्दा पनि मुलुकी प्रशासनको मेरुदण्ड संघीय निजामती सेवा ऐन हाल सम्म पनि जारी हुन सकिरहेको छैन । ट्रेड युनियन अधिकार लगायत निजामती सेवाका थुप्रै विषयहरूमा अहिले व्यापक अन्यौलता र अनिश्चितता छाएको छ । मूल ऐन विना गरिएको कर्मचारी समायोजनले समेत समस्या निम्त्याएको छ । अहिले पेशागत सेवा, शर्त र सुविधाको सवाल सर्वाधिक पेचिलो बनेको छ । जताततै अन्यौलता र अनिश्चितता छाएको छ । यसको मूल जड भनेको संघीय निजामती सेवा ऐन जारी हुन नसक्नु नै हो । एकातिर ऐनको अभावमा सेवा, शर्त र सुविधाको विषयमा अनिश्चितता र अन्यौलता रहेको छ भने अर्कोतिर संघीय निजामती सेवा विधेयक माथीको छलफल र सांसदहरूका टिका टिप्पणीहरूले पनि थुप्र आशंका र संशय पैदा गरिदिएको छ । निजामती सेवा ऐन, २०४९ भन्दा पनि पछाडी फर्केर कर्मचारीहरूले खाइपाई आएको सेवा, सुविधा र अधिकार खोस्ने गरि संघीय निजामती सेवा विधेयकमा छलफल भैरहेको देखिन्छ । कर्मचारीहरूका तर्फबाट थुप्रै सुझाव र मागहरू सरकार समक्ष पेश गरिएको छ । सम्बोधन हुने ÷ नहुने विषय फेरी पनि अन्यौलता मै रहेको छ । निजामती कर्मचारीहरूको सेवा, सुरक्षा र अधिकार सँग प्रत्यक्ष जोडिएको संघीय निजामती सेवा ऐन अहिलेसम्म पनि जारी हुन नसकिरहेको अवस्थामा अब संगठन कसरी अघि बढ्छ ? यो आजको मुख्य सवाल हो ।

कम्तिमा पनि निजामती सेवा ऐन, २०४९ मा गरिएका कर्मचारीका हकहित र सेवा सुविधा सम्बन्धि व्यवस्थाहरूको पुर्नस्थापना गरिनु पर्ने वा ती व्यवस्थाहरू समावेश गरिनुपर्ने, समायोजन गरिएका कर्मचारीहरूको सेवा, शर्त र सुविधाको शुनिस्चितता गरिनु पर्ने, स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीहरूको सरुवा र बढुवाको शुनिस्चितता गरिनु पर्ने, तीनै तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितता, संघीय निजामती सेवा ऐन संगै प्रदेश र स्थानीय निजामती सेवा ऐन जारी गर्ने र ती ऐन कानुनहरू कर्मचारी हित अनुकुल बनाउन पहल, पैरवी र परि आएको खण्डमा सशक्त प्रतिरोध र आन्दोलनको तयारी समेत संगठनको अहिलेको प्रमुख र प्राथमिक कार्यभार हो ।

संघीयतामा निजामती कर्मचारीे व्यवस्थापनको वैज्ञानिक एवं व्यबहारिक ढाँचा र स्वरूपको विषय, कर्मचारीहरूको सेवा र सुरक्षाको प्रत्याभूतिको विषय, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहको विषय, निजामती सेवालाई आकर्षक, सम्मानित र मर्यादित बनाउने विषय, निजामती सेवालाई भ्रष्टाचार मुक्त र सदाचार युक्त बनाउने विषय, निजामती सेवालाई जनमैत्री र सेवामुखि बनाउने जस्ता विषयमा गहन छलफल गरि सोहि अनुरूपको गन्तब्य निर्धारण गर्नु जरुरी छ । निजामती सेवामा क्रृयाशिल संघ÷संगठनहरू यस्ता विषयमा भन्दा पनि खास गरि नेतृत्व हत्याउने विषयमा मात्र केन्द्रित रहने गरेको जन गुनासो छ । जनचासो र समय सापेक्ष विषयहरूमा छलफल गर्ने र निजामती सेवालाई अन्य सेवा भन्दा उत्कृष्ट बनाउने विषयमा ध्यान दिन जरुरी छ । सायद यसैकारण हुन सक्छ निजामती सेवा बजारका अन्य सेवाका क्षेत्रहरू भन्दा पछि परेको, र निजामती सेवाले आम नागरिकको मन जित्न नसकेको । यो तितो सत्यलाई ग्रहण गर्न सक्नु पर्दछ । जनताको प्रतिक्रियालाई गलत भन्नुको साटो जनता जनार्दन सम्झेर आफुलाइ रूपान्तरण वा पविर्तन गर्नु नै बुद्धिमानी हुन्छ होला । त्यसैले आफैले आफैलाइ हर्ने, समिक्षा गर्ने र सुधार गर्ने बेला आइसकेको छ । यस कोणबाट पनि हेर्नु जरुरी छ । महाधिवेशन यस्ता विषयहरूमा केन्द्रीत हुन सक्यो भने साँचो अर्थमा यो उपलब्धीमुलक मानिने छ ।

एउटा तितो यर्थाथ केहो भने हामीले जतिसुकै दाबी गरे पनि जनताको तहमा निजामती सेवा प्रति सकारात्मक धारणा बन्न सकिरहेको छैन । नेपालको निजामति प्रशासन जनमैत्री र सेवामूखि हुन नसकेको जनगुनासो ब्यापक रूपमा सुनिने गरेको छ । न त कर्मचारीहरूले नै आप्mनो सेवा प्रति गर्व र सन्तुष्टि गर्ने अवस्था छ । मुलुकको स्थाइ सरकारको रूपमा रहेको निजामती प्रशासनले जनताको चाहना र अपेक्षा अनुसार आफुलाइ प्रस्तुत गर्न नसकेको तितो र नमिठो यथार्थलाई हामीले चाहेर पनि लुकाउन सक्ने अवस्था छैन । न त जनताको प्रतिक्रृयालाइ नै गलत भन्न सकिने अवस्था नै । सेवाको अन्तिम मूल्याकंनकर्ता भनेको त जनता नै हो । हामी आफैले आप्mनो मूल्याकंन गर्नु त्यो एकांकी मात्र हुन जान्छ । शासन ब्यवस्था जुनसकै आए पनि र जुनसकै राजनीतिक दलको सरकार भएपनि प्रभावकारी सेवा पाउन नसकेको र निजामती प्रशासन पनि असलीरूपमा जनताको हुन नसकेकोे जनगुनासो रहँदै आएको छ ।

निजामती प्रशासन र जनता बीच एउटा ठुलो खाडल छ । जनताको अपेक्षा र निजामती प्रशासनको कार्यशैली बीच तालमेल देखिंदैन । यसले गर्दा न जनतामा निजामती सेवा प्रति विश्वास र भरोसा पैदा हुन सकेको छ, न त निजामती प्रशासनले जनता बाट सम्मान र मर्यादा नै प्राप्त गर्न सकेको छ । यस्तै अन्तरद्धन्दबाट नेपालको निजामती सेवा गुज्रिरहेको अवस्था विद्यमान छ । यसलाई नजरअन्दाज गर्न सायद मिल्दैन । यदि नजरअन्दाज गरेर हामी अघि बढ्यौं भने पनि नेपालको निजामती सेवा भने सँधै पछि नै परिरहेको हुने छ । त्यसैले यस विषयलाई पनि हृदयगंम गर्न जरुरी छ ।

प्रशासन सुधारका लागि नेपालमा संस्थागत प्रयासहरू नभएका भने होइनन् । प्रशासन सुधारका लागि भनेर प्रजातन्त्रको स्थापनाकाल देखि हाल सम्म दर्जनौं आयोगहरू बनिसके । केहि आयोग त प्रधानमन्त्री स्वयम् कै अध्यक्षतामा समेत बने, भने कतिपय आयोग उच्च प्रशासक र विज्ञहरूको अध्यक्षतामा पनि बने । ति आयोगहरूबाट कैयौं महत्वपूर्ण सुझावहरू सरकारलाई बुझाउने काम पनि भयो । त्यसैका आधारमा कैयौं कानून, नियम, कार्यविधि र आचारसंहिताहरू पनि बने । तर पनि ब्यवहारमा जनताले अनभूति गर्ने र उनीहरूले महसुस गर्ने खालको प्रशासन संयन्त्र अझैं बन्न सकेन । यो चुनौती हामी सबैका सामु खडा बनेको छ ।

त्यसैगरी निजामती प्रशासनमा लागेको एउटा अर्को धब्बा हो, प्रशासनमा राजनीतिकरण । यसले पनि नेपालको निजामती प्रशासनलाई थिलथिलो बनाएको छ । सरकारमा आउनासाथ हरेक राजनीतिक पार्टीले कर्मचारी प्रशासनमा राजनीतिक हस्तक्षेप हुने छैन भन्ने प्रतिवद्धता ब्यक्त गर्ने गरेको भएपनि त्यसको भोलीपल्ट देखि नै प्रशासनमा राजनीतिक हस्तक्षेप शुरु भैहाल्छ । नेपालमा राजनीतिले नछोएको कुनै क्षेत्र छैन । निजामती प्रशासन पनि त्यसको शिकार बनेको छ । यसले प्रशासनलाई अस्थिर र कमजोर बनाएको मात्र छैन चरम राजनीतिकरणका कारण प्रशासन यन्त्र पङ्गु समेत बन्न पुगेको छ । राम्रा होइन हाम्रा मान्छे खोज्ने राजनीतिक पार्टी र नेताहरूको प्रवृतिका कारण सायद दलै पिच्छेका कर्मचारी ट्रेड यूनियनहरू जन्माउन पनि यसले मद्दत ग¥यो कि ?। यसले पनि निजामती प्रशासनमा केहि हद सम्म अराजकता सृजना गरेको छ । कर्मचारीका संघ संगठनहरू कर्मचारीको सरुवा बढुवा र सेवा सुविधाको विषय मात्र होइन धुमिल हुँदै गइरहेको निजामति सेवाको छवीलाई उजिल्याउने र कर्मचारीहरूको क्षमता विकास गर्ने कुरामा पनि विशेष ध्यान दिनु आवश्यक छ । अबको नेतृत्वको सामु यि थुप्रै चुनौतीहरू छन् । निजामती सेवा भित्र देखिएका यि र यस्तै तमाम विषयहरूमा निजामती क्षेत्रको सबैभन्दा ठुलो र जेठो संगठनको महाधिवेशनले कस्तो रणनीति तय गर्दछ त्यसैमा यसको सफलता वा असफलता पनि निर्भर रहने छ । त्यसैले निजामती प्रशासनको सुधारमा यो महाधिवशेन कोशेढुङ्गा सावित बन्न सकोस्, शुभकामना ।
(लेखक, नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्ष हुनुहुन्छ । मभखअजबगबिनबष्ल२ नmबष्।िअयm)

Previous Post

आज नरैनापुरमा मेला

Next Post

मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छः मुख्यमन्त्री आचार्य

Next Post
हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नुपर्दैन : मुख्यमन्त्री आचार्य

मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छः मुख्यमन्त्री आचार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version